दफा ३
प्रतिष्ठानस्तरको ट्रेड यूनियनको दर्ता
: (१) सम्बन्धित प्रतिष्ठानका कामदारहरुले आफनो पेशागत हक हितको संरक्षण र सम्वद्र्धन गर्न प्रतिष्ठानस्तरको ट्रेड यूनियनहरुको गठन गर्न सक्नेछन्।
(२) उपदफा (१) बमोजिम गठित प्रतिष्ठानस्तरको ट्रेड यूनियन दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले कम्तीमा दश जना सदस्यहरुको हस्ताक्षर गराई सो ट्रेड यूनियनको विधान र तोकिएको दस्तूर संलग्न राखी तोकिएको विवरण सहित तोकिए बमोजिमको ढाँचामा पञ्जिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम परेको दरखास्त उपर पञ्जिकाधिकारीले दर्ताको लागि रीत पुगे नपुगेको हेरी दरखास्त परेको मितिले वा दफा ६ बमोजिम थप विवरण मागिएकोमा त्यस्तो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र त्यस्तो ट्रेड यूनियन दर्ता गरी तोकिए बमोजिमको ढाँचामा दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित प्रतिष्ठानको कम्तीमा पच्चीस प्रतिशत कामदारहरु सदस्य नभएको प्रतिष्ठानस्तरको ट्रेड यूनियनलाई दर्ता गरिने छैन ।
(५) कुनै पनि कामदार एकै समयमा एकभन्दा बढी प्रतिष्ठानस्तरको ट्रेड यूनियनको सदस्य हुन सक्ने छैन ।